|

गुल्मी  : जिल्लाका विभिन्न क्षेत्रका रचनात्मक एवं सिर्जनात्मक काम गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल गुल्म गुल्मीले धार्मिक क्षेत्र रेसुंगामा फलामे बेन्च राखिदिएको छ। रेसुङ्गाको पोखरीदेखि यज्ञशालासम्म विभिन्न पाँच स्थानमा आराम गर्नेहरुका लागि बेन्च राखिएको छ। जसले वृद्धवृद्धा, अशक्त, महिला तथा बालबालिकाहरु पैदल यात्रीहरुलाई सजिलो हुने सशस्त्र प्रहरी बल नेपाल गुल्म, गुल्मीका गुल्मपति दिग विजय सुवेदीले जानकारी दिए।

पोखरी परिसरमा आयोजना गरीएको एक कार्यक्रममा दिग विजय सुवेदीले बेन्चहरु रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेश चन्द्र भुसाललाई हस्तान्तरण गरेका छन्। सात फिट लम्बाई भएको एक वटा बेन्चको बजार मूल्य झण्डै बाह्र हजार रहेको छ। करिब ६० हजार बराबरको सम्पत्ति रेसुङ्गा संरक्षण समितिलाई प्रदान गर्ने सशस्त्र प्रहरी र गुल्मपति सुवेदीलाई समितिका अध्यक्ष भुसाल आभार प्रकट गरे। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल र सशस्त्र प्रहरी नायव उपरीक्षक दिग विजय सुवेदीको व्यक्तिगत खर्चमा ती बेन्च निर्माण भएको गुल्मले जनाएको छ।

सशस्त्र प्रहरी बलको टोलीले  बेन्चहरु सम्बन्धित स्थानहरुमा राखिसकेको छ। गुल्मीमा रहँदा विभिन्न रचनात्मक काम गरेर परिचित सशस्त्र प्रहरी नायव उपरीक्षक सुवेदी भर्खरै सरुवा भएका छन्। कर्तव्य पालनाको सिलसिलमा आफूले जिल्ला छोड्नु नै पर्ने भए पनि गुल्मेलीहरुको माया र सदभावका लागि सानो सहयोग धार्मिक क्षेत्रमा गरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.