|

प्यूठान : प्यूठानको जिल्ला समन्वय समितिको प्रमुखमा राष्ट्रिय जनमोर्चाका केशवराज आचार्य निर्वाचित भएका छन्।

आइतबार भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समेत समर्थन पाएका आचार्य १२ मत ल्याएर विजयी भएका हुन्। जिससको निर्वाचनमा नेकपा एमालेबाट प्रमुख पदमा उम्मेदवार रहेका नहरसिं केसीले ६ मत पाए।

जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका थिए भने नेकपा एमाले एक्लै निर्वाचनमा सहभागी भएको थियो। सबै पदमा तीन दलीय गठबन्धनका उम्मेदवारले १२ मत पाए भने एमाले उम्मेदवारले ६ मत पाए।

उपप्रमुखमा माओवादी केन्द्रका पदम थापा विजयी भए। महिला सदस्यमा नारायणीकुमारी थापा, रेशमा गिरी, सुमित्रा सुनार, दलित तथा अल्पसंख्यक सदस्यमा दीलिपकुमार विश्वकर्मा निर्वाचित भए भने सदस्यहरुमा कृष्णबहादर जिसी, माधवप्रसाद भण्डारी, शेरबहादुर केसी निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानले जानकारी दिए।

९ सदस्यीय जिल्ला समन्वय समितिमा १८ जनाको उम्मेदवारी परेको थियो। जिल्ला समन्वय समिति चयनका लागि जिल्लाभरीका स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था छ। ९ वटा स्थानीयका प्रमुख र उपप्रमुख गरी १८ जना मतदाता रहेको जिसस निर्वाचनमा एमालेका ६ तथा राजमो, कांग्रेस र माओवादीका ४÷४ जना मतदाता थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.