|

ओखलढुंगा : अविरल वर्षाका कारण पूर्वी पहाडका तीन जिल्ला विद्युतविहीन भएका छन्। विद्युत प्राधिकरणको कार्यालय शाखा गाईघाटका अनुसार सिरहाको लाहनदेखि गाईघाट खण्डमा रहेको टावरमा समस्या आउँदा उदयपुर, खोटाङ र ओखलढुंगा विद्युतविहीन भएका हुन्। 

विद्युत प्राधिकरण ओखलढुंगाका प्रमुख संजीत शाहले ६ दिनदेखि जारी रहेको अविरल वर्षाको कारण गाईघाट लाहान खण्डमा रहेको टावरमा समस्या आएको बताए। ‘लाहान गाईघाट खण्डमा रहेका विद्युत पोलमा आएको समस्याका कारण शुक्रबार एक्कासी समस्या आएपछि पानी नरोकिएकाले समस्या पत्ता लगाउन समस्या भएको छ, टोली पुगे पनि टावरको समस्या खोज्‍न पानीले दिएको छैन।’ 

राष्ट्रिय विद्युत् प्रसारणको लाइन सिरहाको लाहान, कदमाहा, गाईघाट हुँदै खोटाङबाट ओखलढुंगासमेत आएकोे छ। ‘लाहान गाईघाटमै समस्या आएको कारण उदयपुर, खोटाङ र ओखलढुंगामा समेत विद्युत अवरुद्ध भएको छ,’ शाहले भने,‘त्रियुगा खोलामा बाढी आइरहेकाले बाढीका कारण मर्मत गर्न सक्ने अवस्था छैन,’ शाहले भने।

नेपाल विद्युत प्राधिकरण ओखलढुंगा शाखाका अनुसार अझै विद्युत सुचारु हुन २–३ दिन लाग्‍नसक्छ।  विद्यतु आपुर्ति बन्द भएपछि ओखलढुंगाबाट प्रकाशित हुने पत्रपत्रिाक तथा एफएम रेडियो समेत बन्द भएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.