|

गोरखा : जिल्ला उद्योग वाणिज्य संघ महिला उद्यम विकास समिति गोरखाले गत शनिबारदेखि आयोजना गरेको तेस्रो तिज मेला २०७४ मा प्रवेश टिकटबाट उठेको रकम तराइका बाढी पिडितलाई दिने भएको छ। नेपाली हुनुको दायित्व पूरा गर्न सहयोग गर्ने निर्णय गरेको महिला उद्यम विकास समितिकी अध्यक्ष विष्णु मास्केले बताइन्। उनले पहाडमा भूकम्प जाँदा तराइका जनताले गरेको सहयोगको समेत स्मरण गरिन्।

‘तराइ पूरै डुबेको छ, नेपाली डुबेका छन्। केही सहयोग गरौँ भनेर हामीले तिज मेलामा प्रवेश बापत काटेको टिकटबाट उठ्ने पैसा सहयोग गर्ने निर्णय गरेका हौँ,’ मास्केले भनिन,‘महिला उद्यमीले लियो क्लबसँग साझेदारी गरेर तिज मेलामा टिकट वितरण गरेका छौँ। सोही टिकटबाट उठेको पैसा नै हामीले सहयोग गर्न लागेका हौँ।’ तेस्रो तिज मेलामा प्रवेश शुल्कबापत प्रति टिकट १० रुपैँया लिने गरिएको छ।

बाढी पिडितका लागि सहयोग संकलनका लागि लियो क्लब अफ गोरखासँगै लायन्स क्लब अफ गोरखा र लायन्स क्लब अफ गोरखा कालिका मिलेर अघि बढेको लियो क्लब अफ गोरखाका यम बसेलले जानकारी दिए।

तिज मेलाको टिकटबाट उठ्ने पैसासँगै यी सामाजिक संस्थाहरुले बाढी पिडितका लागि सहयोग संकलन गर्न गोरखा जिल्लामा विभिन्‍न कार्यक्रम समेत आयोजना गर्दैछन्। ३ दिन यताको निरन्तर वर्षाका कारण आएको बाढी–पहिरोमा परेर तराइ र पहाडका विभिन्न जिल्लामा अहिलेसम्म ६६ जना मान्छेको मृत्यु भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.