|

उदयपुर : खोलाले बगाउँदा एकै घरका हजुरआमा र ८ वर्षे नातिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका असइ थिरकुमार राईका अनुसार रौतामाई गाँउपालिका ६ मा पर्ने हटिया रातमाटेमा बस्‍ने ५२ वर्षे कर्णमाय मगर आफ्ना नातीसँगै बगेकी हुन्।

नातीको नाम खुलेको छैन। ‘गाँउ नजिकैको खोला हुम्ला खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो,’ असइ राईले भने, ‘साउने प्रहरी चौकीबाट असइ साब रामकुमार श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयको टोली समेत त्यस तर्फ गइसकेको छ,’ बिस्तृत विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.