|

काठमाडौं : आज कृष्णाष्टमी भगवान कृष्णको जन्मदिन। यो चाड नेपाल भारत लागायत बिश्वभरका हिन्दु हरुले मनाउने गर्छन् द्वापरयुगमा भगवान विष्णुका आठौ‌ं अवतारको रुपमा भगवान कृष्णको आजकै तिथिमा जन्म भएको थियो। 

यस पर्व मनाउन  ललितपुरको पाटन दरबार स्क्वायरमा रहेको कृष्णमन्दिर लगायत मुलुकका अन्य कृष्ण मन्दिरमा भक्तजनहरुको उपस्थिति हुने गर्छ। हिन्दु दर्शनमा भगवान श्रीकृष्णलाई ज्ञान योग , कर्मयोग र भक्ति योगका प्रणेताका रुपमा व्याख्या गरिएको छ।

पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा भगवान् कृष्ण जन्मिएको मानिन्छ। बाल्यकालदेखि नै आफ्ना विचित्र लिला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको जनविश्वास छ। 

फोटो :

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.