|

राजविराज : सप्तरीको कृष्णा सवरण गाउँपालिका–२ स्थित गैडी पुलमा नवजात शिशुको शव भेटिएको छ। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गर्दा शिशु फाल्ने व्यक्तिको पहिचान भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए। 

रुपनी गाउँपालिका–६ बस्ने सरस्वतीदेवी साहले भर्खरै जन्माएर खोलामा फ्याँकेको इलाका प्रहरी कार्यालय, रुपनीले जनाएको छ। स्थानीय स्वास्थ्य चौकी, सीतापुरमा राति करिब १२ बजे सुत्केरी भई सरस्वतीले शिशुलाई सकुशल घर लगेकी थिइन्। 

शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराजमा ल्याइएको र घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रनाउ उप्रेतीले बताए। 

यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित कोशी नदीमा पनि एक बालकको शव फेला परेको छ। स्थानीयवासी आठ वर्षीय कमल सदा मृत फेला परेका हुन्। पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.