|

बैतडी : जिल्लाका चार स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ। जिल्ला दैवी प्रकोप उद्धार समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौंडी नगरपालिका र मेलौली नगरपालिका पहिरोको उच्च जोखिममा रहेका छन्। 

विभिन्न प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा जोखिम रहेको भएपनि चार स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए। 

पहिरोको हिसाबले डिलाशैनीको बांगाबगर र रुद्रेश्वर उच्च जोखिममा छ भने दोगडाकेदारको सित्तड र न्वाली पनि उच्च जोखिममा रहेका छन्। 

यसैगरी, पुरचौंडी नगरपालिकाको मल्लादेही र मेलौली नगरपालिकाको विशालपुर पहिरोको उच्च जोखिममा रहेका छन्। ती ठाउँमा वर्षौंदेखि पहिरो खसिरहेकाले पहिरो रोकथामका लागि जिल्लास्तरबाट खासै पहल गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.