|

रामपुर : लगातारको वर्षाका कारण रामपुर नगरपालिका-६ मा एक घर भत्किएको छ। चारपाटेमा रहेको इन्द्रबहादुर कुमालको दुईतले घर भत्किएको हो। घर भत्किएपछि कुमालको परिवार अहिले आफन्तकामा आश्रय लिएर बसेको छ। आफन्त र स्थानीयवासीले तत्काल उद्धार गरेका कारण मानवीय क्षति हुनबाट कुमालको परिवारलाई बचाउन सफल भएको वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए।

घर क्षतविक्षत अवस्थामा रहेको र पीडित परिवारलाई वडाले केही राहत रकम प्रदान गर्ने उनले बताए। त्यसैगरी, विजयपुरको नयाँ बजारमा शालिकराम पाठकको घरपछाडि लगाइएको पर्खाल भत्किँदा घर जोखिममा परेको छ। करिब १० मिटर जति पर्खाल भत्किँदा घरमा जोखिम बढेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.