|

जुम्ला :  १ असारदेखि साउन महिनासम्म जुम्लामा ६ हजार ४ सय ९५ जनाले स्वास्थ्य बिमा गरेका छन्। स्वास्थ्य बिमा गरेका सबैले १ यहीबाट ५० हजार बराबरको निःशुल्क स्वास्थ्य बिमा पाउने  जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका बिमा कार्यक्रम संयोजक नरेश शाहीले जानकारी दिए।

२ हजार ५ सयको स्वास्थ्य बिमा गरेका एकै घरका ५ जनाले जिल्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र हिमा गाउँपालिका जुम्लामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुबाट ५० हजार निःशुल्क स्वास्थ्य बिमा पाउने संयोजक शाहीले बताएका छन्। उनले सामाजिक सुरक्षा तथा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सात गाउँपालिका र एक नगरपालिका रहेका ६० वटा वडामै बिमा गर्न स्वयंसेवक खटाइएको बताए।

स्वास्थ्य बिमा कार्यक्रमका सहायक प्रबन्धक प्रेम भण्डारीले १ हजार ३ सय ९८ घरधुरीका ६ हजार ४ सय ९५ जनाले बिमा गर्दा ३४ लाख ५७ हजार बिमा रकम संकलन भएको बताए। स्वास्थ्य बिमा गरेका बिरामीको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता भइसकेको सहायक प्रबन्धक भण्डारीले जनाएका छन्। उनले स्वास्थ्य बिमा गरेका घर परिवारका सदस्यले आफ्नो बिमा गरेको परिचय पत्र लिएर अस्पताल जान सल्लाह दिएका छन्।

घरपरिवराको कुनै एकजनाले ५० हजारको निःशुल्क उपचार गरे अन्य परिवारका सदस्य आफंैले बेहोनुपर्ने उनको भनाइ थियो। अहिलेसम्म नेपालका १५ जिल्लामा यो कार्यक्रम सुरु भएको पनि उनले बताए। असारपछि बिमा गरेका व्यक्तिले मंसिरपछि मात्र निःशुल्क स्वास्थ्य सेवा लिन पाउने जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.