|

काभ्रेपलाञ्चोक : जिल्लाको बनेपा नगरपालिका ८ तीन दोबाटोस्थित इन्द्रेणी मःम होटलमा ग्याल लिक भएर लागेको आगो फैलिदा ६ वटा पसल जलेका छन्। सो होटलमा लागेको आगोबाटसंगै रहेका अन्य ६ वटा पसलहरुमा समेत आगो फैलिएर क्षति पुगेको इलाका प्रहरी कार्यालय बनेपाका इञ्चार्ज अनिल घिमिरेले बताए।

आगलागी के कारणले भयो भन्ने विषयमा अनुसन्धान भइरहेको घिमिरेले बताए। आगलागीबाट न्यू फ्रेडसिप टेलरिङ सेन्टर, भीमेश्वर सर्टिङ सुटिङ सेन्टर  र अन्य ३ वटा होटलमा सामान्य क्षति पुगेको छ।

‘आगलागीबाट के कति क्षति भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ, कारण खुलेको छैन’ घिमिरेले भने। आगो नियन्त्रण गर्नको लागि सुरुमा स्थानीयवासी एवं बनेपा नगरपालिका र धुलिखेल नगरपालिकाको मिनि दमकलको प्रयोग गरिएको थियो। पछि भक्तपुरबाट जुद्धवारुण यन्त्र झिकाएर आगो नियन्त्रणमा लिएको हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.