|

गुल्मी : राष्ट्रिय युवा समितिको कार्यालय गुल्मीले इस्मा गाउँपालिकासँग अन्तरक्रिया गरेको छ। जनप्रतिनिधिहरुलाई राष्ट्रिय युवा नीति २०७२ ले निर्दिष्ट गरेका लक्ष्यहरु हासिल गर्न सहयोग गर्ने गरी नीति कार्यक्रम तथा बजेटको व्यवस्था गर्ने प्रतिबद्धता गराउन कार्यक्रमको आयोजना गरिएको थियो। १८औंअन्तराष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर आयोजना गरिएको राष्ट्रिय युवा नीति कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरुले युवा लक्षित नीति तथा कार्यक्रम समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 स्थानीय तहमा यो वर्ष नीति निर्माणमै बित्ने भएकाले आफूहरुले युवाकेन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राख्ने सबै जनप्रतिनिधिहरुले बताए। स्थानीय तहको १ वार्डबाट २ जना युवालाई प्रतिबद्धता सहितको सीपमूलक तालिम, सकारात्मक सोच विकासको तालिम, अहिलेका युवालाई सामाजिक मूल्य र मान्यताबाहिर जान नदिन विभिन्न किसिमका परामर्शका कार्यक्रम ल्याउने गरी आफूहरु योजना निर्माणमै लागेको गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले बताए। प्रतिनिधिले युवा लक्षित कार्यक्रममा आपूmहरुले कुनै कन्जुस्याइँ नगर्ने बताएका छन्।

उपाध्यक्ष विमला के.सीले युवाहरुमार्फत नै समाज परिवर्तन र आफूहरुका योजना र लक्ष्य पूरा हुने भएकाले सोहीअनुरूप कदम चालिने बताए। कार्यकारी अधिकृत सरोज पोख्रेलले आपूm युवाका पक्षमा काम गर्न आतुर रहेकोले जनप्रतिनिधिले जनाएका प्रतिबद्धतामा छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउने बताए। कार्यक्रममा अधिवक्ता हीरा ए.सिले युवा नीतिले गरेका नीतिगत व्यवस्थाबारे प्रतिनिधिहरुलाई जानकारी गराएका थिए।

कार्यक्रमको अध्यक्षता गरेका जिल्ला युवा समितिका अध्यक्ष राजेन्द्र विक्रम कुवरले युवा परिवर्तनका संवाहक भएको बताउँदै बिदेसिन लागेका युवालाई स्वदेशमै राखेर देश परिवर्तन गर्ने जिम्मा जनप्रतिनिधिको काँधमा भएको बताए। स्थानिय तहबाटै युवाका इच्छा र चाहानाका गर्न उनीहरुलाई उत्पादनशील काममा लगाउन सबै प्रतिनिधिलाई आग्रह गरे। कार्यक्रममा ६ वटै वार्डका वडा अध्यक्षसहित गाउँकार्यपालिकाका सदस्यहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु, गाउँपालिकाका कर्मचारी लगायतको पनि सहभागिता थियो।

  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.