|

उदयपुर : कटारी नगरपालिकामा ५ दिनदेखि विद्युत सेवा अवरुद्ध छ। सिरहाको लाहान हुँदै मिर्चैयाबाट कटारी नगरपालिका जोडिएको विद्युतको पोल मिर्चैको घुर्मी खोलमा आएको बाढीले बगाउँदा  विद्युत अवरुद्ध भएको हो। 

विद्युत प्राधिकरण उपशाखा कार्यालय कटारीका प्रमुख रामस्वार्थ साहका अनुसार खोलामा बाढी नघेटेकाले तत्काल पोल गाड्न समस्या भएको छ। ‘गएको शुक्रबार दिउँसो आएको बाढीले विद्युतको पोल बगेपछि विद्युत उपभोक्ताले विद्युत पाएका छैनन,’ प्रमुख साहले भने, ‘फेरि कटारीकै ताराघारीमा रहेको सव स्टेशनमा समेत समस्या आएकाले उदयपुरको पश्चिमी क्षेत्र अन्धकारमा परेको हो अझै सेवा सुचारु हुन केही समय लाग्नेछ।’

विद्युत अवरुद्ध भएपछि स्वास्थ्य संस्थामा हुने भिडियो एक्से लगायतका सेवा अवरुद्ध भएका छन्। रेडियो बन्द भएको छ। स्थानीयहरु सञ्चारमाध्यमको पहुँचबाट बाहिर छन्। ‘बाढीको कारण मोवाईल समेत चार्ज गर्न सोलार भएको घरतिर माग्न जानु परेको छ,’ कटारीका स्थानीय दिपक लामिछानेले भने, ‘विद्युत कार्यालयले तत्काल मर्मत गर्न नचाहेकाले विद्युत कति दिन अन्धकार हुने कुनै ग्यारेन्टी छैन।’

यता त्रियुगा नगरपालिकास्थित त्रियुगा खोलामा चार वटा पोल बग्दा उदयपुरसँगै खोटाङ र ओखलढुंगाका केही स्थानमा समेत विद्यतु अवरुद्ध छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.