|
फाइल फोटो

काठमाडौं : १५ मिनेटका लागि स्थगित भएको मंगलबारको संसद् बैठक सुचारु भएको छ। संसद् बैठक स्थगित हुनका कारणबारे नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेलले सभामुख ओनसारी घर्तीलाई प्रश्न गरेका थिए। सभामुखले नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसद उठेकाले बैठक स्थगित गरेको बताएकी छन्।

संसद् बैठक स्थगित भएको विषयमा  एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गरेर जरुरी र सार्वजनिक महत्वको प्रस्ताव छलफलमा ल्याउन नदिइनुले लोकत्रन्त्रको धज्जी उडाउने काम भएको बताएका छन्। उनले सार्वजनिक महत्वका विषयमा सबैले बोल्न पाउने पनि बताए। उनले संसदमा गृह मन्त्रीले सार्वजनिक महत्वका विषयमा बोलेका पनि नमिलेको र संसद् कसैको पनि दादागिरी देखाउने ठाउँ नभएको सुनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.