|

काठमाडौँ: नेपाल औषधि व्यवसायी संघले तराईका बाढीपीडित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्‍याएको छ।

बाढी-पहिरोबाट भएको क्षतिलगत्तै औषधि व्यवसायी संघले अञ्चल शाखा र जिल्ला शाखा परिचालन गरेर पीडितको स्वास्थ्य उपचारमा खटिएको अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘मेची, कोसी, सगरमाथा, जनकपुर, नारायणीसहितका अञ्चल शाखाले बाढीपीडितका लागि औषधि र चिकित्सकसहितको टोली परिचालन गरिसकिएको छ’, विज्ञप्तिमा भनिएको छ।

प्रभावित क्षेत्रमा औषधिको कुनै पनि अभाव सिर्जना हुन नदिन नेपाल औषधि व्यवसायी संघ केन्द्रीय कार्यालयले केन्द्रीय अध्यक्षकै नेतृत्वमा निरन्तर अनुगमनको काम गरिरहेको बताएको छ। अञ्चल जिल्ला शाखाहरूबाट अहिलेसम्म प्राप्त तथ्यांकअनुसार करिव ३० लाख रूपैयाँको औषधि निःशुल्क प्रदान गरिसकेको छ।

केन्द्रीय कार्यालयले विपत्तिको यस घडीमा प्रभावित क्षेत्रमा आवश्यक वस्तु र सेवालाई परिचालन गर्न निर्देशन पनि दिएको छ। पीडितका लागि सरकारी संयन्त्रसँग सहकार्य गरेर राहतका कामलाई अगाडि बढाउन सबै शाखाहरूमा पत्राचार गरिसकिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.