|

काठमाडौं : चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै विगत २२ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले अन्तत अनसन तोडेका छन्। उनले अनसन तत्कालका लागि स्थगित भएको घोषणा गरेका हुन्।

म‌ंगलबार केसी आफ्नो अनसनको २३ औं दिनमा थिए। तराइ मधेसमा अविरल वर्षाका कारणले धेरैले घरबार गुमाएका कारण विषम परिस्थितिलाई ध्यान राख्दै तत्कालका लागि अनसन तोडेको उनले बताएका छन्। तर माथेमा प्रतिवेदनको आधारमा चिकित्सा शिक्षा ऐन नबनेसम्म कुनै पनि बेला फेरि सत्याग्रह थाल्नसक्ने उनको विज्ञप्तिमा उल्लेख छ।

अनसन तोडेको घोषणा गरेका केसीको अवस्था अत्यन्त चिन्ताजनक छ। उनलाई उपचारका लागि आइसियुमा लगिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.