|

जनकपुर : अविरल वर्षासँगै आएको बाढीका कारण धनुषामा थप दुईजनाको मृत्यु भएको छ। धनुषाको पूर्वी क्षेत्रमा पर्ने कमला सिद्धिदात्री गाउँपालिकाको माचि झिटकैया वडा नं. ४ पर्सा टोलका ५० वर्षिया सुदिप साह र शहिदनगर नगरपालिका वडा नं. २ चोराकोयलपुरकी १४ वर्षिया रेखा कुमारी यादवको मृत्यु भएको हो।

साह वस्तुभाउको लागि घाँस काटेर फर्किदै गरेको अवस्थामा लडेर नहरमा खसेको स्थानीय सुजित कुमार मण्डलले जनाएका छन्। नहरमा खसेका साहलाई तीव्र गतिमा चलेको पानीको भेलले बगाएर लगेपछि करिब १ किलोमिटरबाट उद्धार गरिए पनि उनको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए।   

शहिदनगर नगरपालिका वडा नं. २ चोराकोयलपुर १४ वर्षिया रेखा कुमारी यादवको मृत्यु भएको छ। अविरल वर्षासँगै पानीको मुहान दुषित बनेपछि उनलाई पेट दुख्ने तथा समस्या देखिएकाले तत्कालै उपचार नपाएर मृत्यु भएको स्थानीबासीले जनाएका छन्।

यादवलाई पेट दुख्ने, रिङ्गटा लाग्नेजस्ता समस्या देखिएकोले तत्काल प्राथमिक उपचार गरेर जनकपुर ल्याउन खोजिए पनि बाढीका कारण प्रायः सबैजसो बाटो कटान गरेकोले समयमै उपचार पाउन नसकेर उनको मृत्यु भएको स्थानीयले जनाएका छन्।

यसैगरी लगातार रुपमा आएको बाढी भेलले कमला सिद्धिदात्री गाउँपालिकाको माचि झिटकैया शराबे टोलमा भत्किएर घर ढल्दा ५० वर्षीया बहुरा साहनी सख्त घाइते भएका छन्। उनलाई जनकपुर उपचारको लागि ल्याउन खोजिए पनि बाटो अवरुद्धका कारण हाल भारत विहारको दरभंगामा उपचार भइरहेको परिवारजनलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

लगातारको अरविर वर्षाका कारण अहिले पनि तराई मधेशका जिल्लाहरु अस्तव्यस्त रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.