|

धनुषा : जनकपुरमा १२ वर्षीया बालिका मृत अवस्थामा भेटिएकी छिन्। जनकपुर उप–महानगरपालिका वडा नं. १ मुसहरी टोल बस्ने देविका कुमारी शाहको बलात्कारपछि हत्या भएको हुनसनक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

आज साँझ करिब ६ बजेको समयमा बालिकाको हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी पनायब उपरीक्षक लालमणी आचार्यले बताए। उनले पोस्टमार्टन रिर्पोटपछि मात्रै घटनाका बारे विस्तृत जानकारी आउने बताए। 

बालिकाको मृत्युपछि उनको शव टिनको बाक्सामा राखिएको थियो। घरपरिवारले बालिकालाई नभेटेपछि प्रहरीमा खबर गरेका थिए। त्यसपछि प्रहरी अनुसन्धानका क्रममा उनको शव भेटियो। प्रहरीले हत्याको आरोपमा घरधनी ३५ वर्षिया रामचन्द्र महतो र उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.