|

काठमाडौं : केशवप्रसाद मैनालीले न्यायाधीशका रूपमा अवकाश पाएको तीन वर्ष पनि बितेको छैन। पुनरावेदन अदालत नेपालगञ्जबाट २०७१ मा अवकाश पाएका उनले गत साता वरिष्ठ अधिवक्ताको उपाधि पाए।

अधिवक्ता रामेशविक्रम कार्की अमेरिका बसेको दुई दशक पुग्न लाग्यो। नेपालमा कानुन व्यवसायमा सक्रिय छैनन् तैनपनि उनलार्य सर्वोच्च अदालतको पूर्ण बैठकबाट वरिष्ठ अधिवक्ताको उपाधि दिइयो।

वरिष्ठ अधिवक्ताकै सूचीमा रहेका ध्रुवलाल श्रेष्ठ दक्षिणी सुडानमा संयुक्त राष्ट्रसंघीय मिसनमा विज्ञका रूपमा कार्यरत छन्। अर्का अधिवक्ता नारायणप्रसाद घिमिरेले अमेरिकाबाट फर्केको दुई वर्षमै वरिष्ठ अधिवक्ताको उपाधि पाए।

लामो समयदेखि  वकालतमा सक्रिय तथा समाजमा योगदान गरेका निश्चित कानुन व्यवसायीले पाउनुपर्ने यो उपाधिमा सर्वोच्चले यो पटक गुणात्मकभन्दा संख्यालाई जोड दिएको छ। सर्वोच्च अदालतले साउन २५ मा दुई सय ७२ कानुन व्यवसायीलाई ‘वरिष्ठ अधिवक्ता’ उपाधि दिने निर्णय गरेको हो।

सूचीमा राजनीतिमा सक्रिय तर कानुन व्यवसाय छोडिसकेका केही अनुहारसमेत छन्। पूर्वमन्त्री एवं कांग्रेसका नेता रमेश लेखक मात्र होइन द्वन्द्वकालदेखि माओवादीमा सक्रिय हाल चन्द माओवादीका केन्द्रीय सदस्य एकनारायण भण्डारी पनि वरिष्ठ अधिवक्ताको सूचीमा छन्। सूची हेर्दा कतिपय नाम अस्वाभाविक रूपमा समावेश गरिएका छन्। केही कानुन व्यवसायी योग्य र इमानदार भएर पनि परेका छैनन्। 

नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० मा वरिष्ठ अधिवक्ता हुन मुख्य तीन प्रावधान उल्लेख छ। जसअनुसार सर्वोच्च वा पुनरावेदन (हाल उच्च) अदालतमा १५ वर्ष वकालत गरेको र पेशाको मर्यादा राखेको हुनुपर्ने शर्त ताकिएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.