|

काठमाडौं : सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई काम नगर्न\नगराउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश दीपकराज जाशी र तेजबहादुर केसीको संयुक्त इजलासले अध्यक्ष बराललाई काम नगर्न नगराउन सोमबार अन्तरिम आदेश जारी गरेको हो। 

अध्यक्ष बरालको नियुक्तिको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताहरु बैकुण्ठ भण्डारी र राम कपालीलगायतले जेठ ९, १९ र २९ गते छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए। 

तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा बराललाई काउन्सिलको अध्यक्ष नियुक्त गरिएको थियो। नियुक्ति गैरकानुनी भएको भन्दै रिट निवेदन परेको थियो। आदेशमा मुद्दाको अन्तिम किनारा नलागेसम्म बराललाई काम गर्न नगर्न नगराउन भनिएको छ। 

प्रेस काउन्सिलको व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता, पूर्व प्रधानन्याायधीश, पत्रकारितामा विशिष्ठ योगदान पु¥याएको व्यक्तिमध्येबाट मन्त्रिपरिषदले नियुक्ति गर्ने कानुनी प्रावधान भए पनि  बरालमाकुनै पनि योग्यता नभएको रिट निवेदकहरुको जिकिर थियो । 

रिट निवेदनमा कानुनी प्रावधानअनुसार योग्यता नपुगेको र लिम्बुवान, खुम्बुवान जातीय राज्यको माग गर्दै हिँड्ने व्यक्तिलाई काउन्सिलको अध्यक्षजस्तो गरिमामय पदमा राख्न नहुने माग गरिएको थियो। 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.