|

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसपानीमा लोपोन्मुख अजिङ्गर फेला परेको छ। स्थानीय लप्टन चौधरीको खेतमा मंगलबार आठ किलो ५०० ग्राम तौल भएको र १० फिट लामो लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको हो।

स्थानीय बासिन्दाले अजिङ्गर देखेपछि जिल्ला वन कार्यालयलाई खबर गरेका थिए। अजिङ्गरको सकुशल उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको वन कार्यालय कञ्चनपुरका प्रमुख शिव शर्माले बताए। अजिङ्गर निकुञ्ज क्षेत्रबाट आएको हुनसक्ने बताइएको छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.