|

रुपन्देही : रुपन्देहीमा हत्या तथा चन्दा आतंक फैलाउने प्रहरीको मस्ट वान्टेडको सूचीमा रहेका अभियुक्त मनोज पुनका एक सहयोगी पक्राउ परेका छन्। पाल्पा जिल्ला साविकको तानसेन नगरपालिका– ७ बस्ने २२ वर्षीया सुशान्त लाकौललाई प्रहरीले पाल्पाबाट पक्राउ गरेको हो।

लाकौल ३ वर्षदेखि मनोज पुनसँग सम्पर्कमा रहेको र पछिल्लो समयमा ५ लाख रुपैयाँ पुनको खातामा पठाएको पाइएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए। उनले बैंक तथा आइएमईको प्रयोग गरी रकम पठाएको ज्ञवालीले जानकारी दिए।

नेपालमा हत्या, अपहरण, चन्दा आतंकजस्ता आपराधिक गतिविधि गरिरहेका पुन नेपाल बाहिर रहेको प्रहरीको आंकलन छ। केही दिनअघि मात्रै जिल्लाको मणिग्रामको सिरिसा मार्बलमा भएको गोली प्रहारको जिम्मा उनै पुनले लिएका थिए। प्रहरीले पुनको विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.