|

  • मिलन विश्वकर्मा

पाल्पा : तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवति जात्रा निकालिएको छ। भगवती जात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउने गर्छ। विसं.१८७१/७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालीन कर्णेल उजिर  सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो।

भगवतिको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारको नेतृत्व गरेको अङ्ग्रेज फौजलाई परास्त गरेको सम्झनामा यो जात्रा निकाल्ने चलनछ । जितगढीको ऐतिहासिक युद्धमा विजय प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजिरसिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै  सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए।

१८७७ सालदेखि  हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो। १९९ औं संस्करणको रुपमा मंगलबार दिउँसो पौने एक बजे भगवतीको रथ उठाइएको भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए।

नेपाली सेनाले सलामी चढाए लगत्तै स्वस्ती वाचन गरेर रथ यात्राको प्रारम्भ भएको थियो। जात्राका सहभागीहरूले भगवती जात्रालाई राष्ट्रिय मान्यता दिन माग गरेका थिए। इतिहासकार निर्मल श्रेष्ठले साम्राज्यवादलाई दिमाग र घरेलु हतियारको मात्र प्रयोग गरेर युद्ध सफल पारेको भन्दै यसले राष्ट्रियता रक्षार्थको लागि नयाँ पुस्तालाई शिक्षा दिने बताए। 

जात्राका फोटोहरूः  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.