|

दाङ : जिल्ला समन्वय समिति दाङको प्रमुखमा नेकपा एमालेका जितेन्द्रमान नेपाली निर्वाचित भएका छन्। नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त गठबन्धनाबाट उम्मेदवार रहेका नेपाली प्रमुखमा निर्विरोध निर्वाचित भएका हुन्।

समितिको उपप्रमुखमा गठबन्धनका उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका श्रीधर शर्मा पौडेल १२ मत ल्याएर निर्वाचित भए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नित्यानन्द शर्माले ८ मत ल्याए।

समितिको सदस्यहरुमा एमालेबाट ४ जना , माओवादी केन्द्रका २ र नेपाली कांग्रेसका १ जना निर्वाचित भएका छन्। एमालेबाट सदस्यमा निर्वाचित तिलाकुमारी बुढाले १९ मत, सावित्री रिजालले १९ मत, देविराम थारु कुमालले १९ मत र जक्तबहादुर बस्नेतले १९ मत ल्याए।

त्यसैगरी माओवादी केन्द्रबाट सदस्यमा निर्वाचित शुभद्रा भण्डारीले १२ मत र खिमबहादुर घर्तीले १२ मत ल्याए। समितिमा नेपाली कांग्रेसकी लोकीकुमारी विश्वकर्माले २० मत ल्याएर सदस्यमा निर्वाचित भइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.