|

काठमाडौ : चिनियाँ  उपप्रधानमन्त्री वाङ्ग याङ्गको टोलीले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अवलोकन गरेको छ। सो अवसरमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याल, स्वास्थ्य सचिव डा. किरण रेग्मी, स्वास्थ्य मन्त्रालय अन्तर्राष्ट्रिय महाशाखा प्रमुख डा. श्रीकृष्ण गिरी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तिर्थराज खनिया  लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

चिनियाँ उपप्रधानमन्त्री वाङ्ग याङ्गले आयुर्वेद  केन्द्रको अनुसन्धानको क्षेत्रमा सहकार्य आवश्यक रहेको औल्याँउदै  प्राविधिक सहकार्यको मोडालिटी तथा भविष्यमा गर्नुपर्ने कार्ययोजनासहित नेपाली पक्षबाट आएका विषयलाई  चीन सरकारले सहयोग गर्ने बताए। सो क्रममा आयुर्वेदिक अनुसन्धानको लागि निकट भविष्यमा नै कार्यदल बनाएर अगाडी बढ्ने विषयमा पनि छलफल भएको थियो। 

सो कार्यक्रममा स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले सातवटै प्रदेशमा जडिबुटी उद्यानसहितको अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने बताए। उनले मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा आयुर्वेदको विकासलाई पनि संघीय अनुसार विस्तार गर्नुपर्ने बताए।

नेपालको आयुर्वेद चिकित्सा पद्धति र चीनको आयुर्वेदिक पद्धतिमा केही सैद्धान्तिक फरक रहेपनि आयुर्वेदका धेरै आयामहरु मिल्ने बताए। मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा पद्धतिलाई स्तापित गर्नुपर्नेमा समेत जोड दिए। रेग्मीले अनुसन्धान केन्द्र तथा समस्त स्वास्थ्य क्षेत्रको बारेमा  प्रस्तुति गर्नुभएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.