|

गोरखा : भूकम्पको केन्द्र विन्दु बारपाकमा तीन वर्षीय वालिकाको मृत्यु भएको छ। १५ दिनअघिदेखि निमोनिया रोगले ग्रस्त बालिका सुप्रिया गुरुङको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका नानीबाबु दानीले जानकारी दिए।

‘स्वास्थ्य चौकी लैजानु पर्छ भन्ने चेतना अझै सबैमा छैन, त्यो बारपाकमा पनि देखियो’ दानीले भने ‘हाम्रो त्यहाँ रहेको स्वास्थ्यकर्मीका अनुसार वालिकाको मृत्युको कारण स्वास्थ्य चौकी नै नलैजानु हो।’ 

एक हप्ता देखि सिजनल फ्लु

बारपाकमै विगत एक हप्तादेखि रुघा, खोकी तथा ज्वरोको बिरामीहरु प्रकोपकै रुपमा देखिएका छन्। जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार बारपाकमा अहिले करिब तीनसय हाराहारी बिरामी सिजनल फ्लुका छन्।

बिरामीहरुमध्ये अधिकांश बालबालिकामा निमोनिया देखिएको उपचारमा खटिएका स्वास्थ्यकर्मीले जानकारी दिएका छन्। ‘यहाँ सिजनल फ्लु फैलिएको एक हप्ता भन्दा बढी भयो’ बारपाक स्वास्थ्य चौकीका प्रमुख अनिलकुमार शाहले भने ,‘स्वास्थ्य चौकीमा बिरामीको चाप यति छ कि आज मात्रै करिब ५० जना भन्दा बढी बिरामी उपचारका लागि आए । आज पनि पाँच जना वालवालिकामा निमोनिया भेटिएको छ।’   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.