|

काठमाडौं : राजनीतिक दलहरुले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै मितिमा गर्नेगरी तयार गर्न सरकारलाई सुझाव दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा दलहरुले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीको कामलाई अझै अघि नबढाएकोमा सरकारको आलोचना समेत गरे। 

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारी अझै अघि नबढाएकोमा सरकारको आलोचना गरिएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए। बैठकमा प्रधानमन्त्री देउवाले बाढी, पहिरो र डुबान पीडितको समस्या समाधान गर्न सबै मिलेर काम गर्नुपर्ने बताएका थिए। 

त्यस अवसरमा प्रधानमन्त्री देउवाले संसदमा विचाराधिन संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्ने सरकारको तयारीबारे पनि सबै राजनीतिक दलहरुलाई जानकारी गराएको नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बताए। व्यवस्थापिका संसदमा बुधबार अपरान्हबाट विधेयकमाथिको दफावार छलफल सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री देउवाले आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताए। उनले निर्वाचन सम्पन्न गराउने काममा निर्वाचन आयोगले आवश्यक तयारीको कामलाई तीव्र गतिमा अघि बढाएको पनि जानकारी गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.