|

काठमाडौं : छविलाल जोशी र ठूले राई नेपाल प्रहरीका डीआइजी हुन्। तर यी दुवै महानगरीय प्रहरी परिसर प्रमुखको भूमिकामा थन्किएका छन्। काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै डीआइजीको फुली लगाएर एसएसपीको भूमिकामा छन्।

काठमाडौं परिसरमा रहेका प्रधुम्न कार्की बढुवा भएर एसएसपी भए। उनी पनि एसएसपीको फुली लगाएर एसपीको काम गरिरहेका छन्। एसएसपी प्रमुख हुने महानगरीय प्रहरी अपराध महाशाखाका प्रकाशजंग कार्कीले पनि एसएसपीको फुली लगाएर एसपीको भूमिका निर्वाह गरिरहेका छन्। अहिले महाशाखामा एसएसपी दिनेश अमात्य प्रमुख छन्।

हालै एआइजीमा बढुवा भएका ११ मध्ये अधिकांशको हालत पनि उस्तै छ। केही एआइजी डीआइजी हुँदाका बेला एआइजी प्रमुख रहने कार्यालयमा निमित्तरुपमा सरुवा भएकाले उनीहरु विभाग प्रमुखको भूमिकामा छन्, तर पदस्थपान सोही कार्यालयमा भएको छैन।

गृहमन्त्रीको कार्ययोजनामा कार्यालय प्रमुखको जिम्मेवारी पाउनेसँग कार्यसम्पादन सम्झौता गर्ने उल्लेख छ। त्यसको तयारीमा समय लाग्दा पनि बढुवा भएका अधिकारीहरुको पदस्थापन हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.