|

वीरगञ्ज : पर्साको पटेर्वा सुगौली गाउँपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको एउटा कोठामा दरीमाथि सुताइएका देवनाथ मुखिया हँहँ गरिरहेका छन्। चिकित्सकका अनुसार क्यान्सरपीडित उनी सिकिस्त बिरामी छन्।

पैसावाल परिवारका सदस्य भए उनी यतिबेला सुविधासम्पन्न अस्पतालको विशिष्ट कक्षमा उपचार गराइरहेका हुन्थे होला। तर लगातारको पानीका कारण घरबार बगाएका विस्थापित भएकाले उनी विद्यालयको एक कक्षाकोठामा बसेका छन्।

यो पटकको वर्षाले समग्र तराई नै डुबानमा पर्दा मुखियासँगै सिंगो निचुटास्थित मोरटोलका एक सय २९ घरका विस्थापित भएकाहरू शनिवारदेखि विद्यालयमा आश्रय लिएर बसेका छन्। स्थानीय गंगोली र ओरिया खोला उर्लिएर आएपछि उनीहरूको गाउँका सबैको उठिबास भएको छ।

‘घर फर्किनसक्ने अवस्था अझै छैन’, स्थानीय लालपरी देवीले भनिन्, घर सबै बगरमा परिणत भएको छ, अब के खाने के लाउने?’ बाढीका कारण विस्थापित भएकाहरू रेल्वे मावि, बंकराचार्य गेट, हरपुरको दुर्गा प्रावि र मसिहानीको मधुवाहा प्राविमा आश्रय लिइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.