|

पर्वत : म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटका जंगे बोहराले छोरीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका छन्। घरमा नबस्ने, नियमित विद्यालय नजाने गरेको भन्दै बोहराले छोरी १२ वर्षीया मायालाई निर्मम तरिकाले कुटपिट गरेका हुन्।

मायाको दाहिने हात भाँचिएको छ भने शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। घटना मंगलबार भएको भए पनि प्रहरीले भने बुधबार मात्र जानकारी पाएको थियो।

जिल्ला अस्पताल म्याग्दीमा मायाको उपचारमा संलग्न डा. धिरेन मल्लले भने,  'शरीर बाहिरका चोटले शरीरभित्रसमेत असर गरेको छ।' छोरी कुटपिट गर्ने बोहरालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पेश गरेको छ। म्याग्दीकी प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.