|

पाल्पा : रिब्दीकोट गाउँपालिका वडा नं. ८ फेकका ४९ वर्षीय भीमबहादुर घर्तीको शव १३ दिनपछि फेला परेको छ। गत साउन २० गते हडबडे खोलाले बगाएर बेपत्ता भएका घर्तीको शव तिनाउँ गाउँपालिका- १ बञ्चरेघाटमा फेला परेको इलाका प्रहरी कार्यालय मुझुङ्गका प्रहरी नायव निरीक्षक रेशमबहादुर जिसीले जानकारी दिए।

फेकस्थित अतिरिक्त हुलाक कार्यालयमा काम सकाएर जोगीथुमस्थित घर फर्किने क्रममा साविकको फेक १ र ९ नम्बर वडाको बीचमा पर्ने हडबडे खोलाले बगाएको थियो। जिल्ला हुलाक कार्यालय पाल्पाका प्रमुख खेतबहादुर खत्रीकाअनुसार उनी डाँक वहाक पदमा रहेर काम गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.