|
फोटोहरूः प्रचण्डकी सचिवालय।

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाढीपीडित परिवारलाई राहत वितरण गर्न व्यस्त छन्। बुधबार सप्तरीका ३०० भन्दा बढी बाढीपीडित घर परिवारलाई राहत वितरण गरेका प्रचण्ड बिहीबार जनकपुर पुगेका छन्।  

उनले जनकपुर उपमहानगरपालिका वडा नम्बर १८ भोयलका २०० बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरे। बिहीबार बिहान नेता मातृका यादवका साथमा जनकपुर पुगेका अध्यक्ष प्रचण्डले २०० बाढी पीडित परिवारलाई चामल, दाल, तेल, नुन, चिनी, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री वितरण गरेका हुन्।

राहत वितरण गर्दै प्रचण्डले नेपालीलाई दुख्दा सिङ्गो देश एक ढिक्का भएको बताए। बाढी पीडित नागरिकक दुःखमा साथ दिन आफू जनकपुर आएको बताए। 'हिजो पहाडमा भूकम्प आउँदा तराई मधेसले दिल खोलेर सहयोग गर्‍यो', उनले भने, 'अहिले मधेसमा बाढी आएको छ, मधेस दुखेको छ। यो बेला पहाडका जनता तपाईँहरूलाई दिल खोलेर सहयोग गर्न आतुर छन्।'

प्रचण्डले बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि सत्ता पक्ष, प्रतिपक्ष नभनी काम गर्न सबै पार्टीलाई अनुरोध गरेका छन्।

बुधबार दिउँसो भने उनी गृहमन्त्री जनार्दन शर्मा र आपूर्ति मन्त्री शिवकुमार मण्डललाई लिएर प्रचण्ड सप्तरी पुगेका थिए। सप्तरीको हनुमान नगरको इनरुवास्थित मुसहरीटोलका १०० भन्दा बढी बाढी पीडितलाई उनले खाद्यान्न सामग्री वितरण गरेका थिए।

उनले राजविराज नगरपालिका १५ का २०० भन्दा बढी पीडित परिवारलाई राहत वितरण गर्दै ‘आफ्नो पार्टीले बाढी प्रभावित सबै जिल्लामा उद्दार, राहत र पुनर्वासका लागि काम गरिरहेको' बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.