|

सिन्धुली : एक सातादेखि तराइमा बाढी र पहिरोको विपत्ति सिर्जना भएपछि सिन्धुली लगायत पहाडी जिल्लामा तरकारीको भाउ दोब्बरसम्म बृद्धि भएको छ।
जिल्लामा तरकारी भित्रने मुख्य क्षेत्रमा बाढी र पहिरोले तरकारी तथा फलफूलमा क्षति पुर्‍याएपछि तरकारी तथा फलफूलको मुल्य वृद्धि भएको हो।

तराइमा बाढी आएकै भोलिपल्टदेखि जिल्ला सदरमुकामस्थित तरकारी उपज बजारमा हरियो तरकारीको थोक मुल्यमै ५० देखि १ सय २० रुपैयाँसम्म मुल्य वृद्धि भएको उपभोक्ताहरु बताउँछन्। तरकारी उपज तथा थोक बजार सिन्धुलीका अनुसार हाल गोलभेँडा प्रतिकिलो १ सय २० रुपैयाँसम्म पुगेको छ। तराइमा बाढी आउनु पहिला गोलभेँडा किलोको ५० देखि ६० रुपैयाँसम्म थियो।

अहिले सिन्धुलीमा बन्दाकोभी प्रतिकिलो ६० रुपैयाँ, आलु ८० रुपैयाँ धार्नी, लसुन प्रतिकिलो २ सय रुपैयाँ, प्याज ८०, काँक्रो ५०, बोडी पाउको ३० रुपैयाँ र घिरौला किलोको ८० रुपैयाँ रहेको छ। बाढीपहिरो आउनु अघिल्लो दिनसम्म बन्दा ३० रुपैयाँ,  आलु ६० रुपैयाँ धार्नी, लसुन पररतिकिलो १ सय ७०, प्याज ५०, कांक्रो ३०, बोडी ४५ रुपैयाँ र घिरौला ४० रुपैयाँमा पाइन्थ्यो।

जिल्लामा तरकारी सर्लाहीको लालबन्दी, धनुषाको लालगढ, महोत्तरीको बर्दिवास, हेटौडा, दाउन्नेबाट आयात गरिने गरिएको छ। तर, ती स्थानमा जम्मा हुने तरकारी तथा फलफुल तराईमा आएको बाढीपहिरो पछि जम्मा हुन छाडेपछि व्यक्तिको घर तथा पहाडी जिल्लाहरुमा उत्पादन भएको तरकारी तथा फलफूल महंगोमा किन्नु पर्ने बाध्यता भएपछि जिल्लामा विक्री गर्दा पनि मंहङ्गो भएको ब्यापारीहरुले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.