|

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताको भावना अनुसार संविधान संशोधन गर्न पहाडी राष्ट्रवादीहरुले माओवादी केन्द्रविरुद्ध भ्रम फैलाएको आरोप लगाएका छन्।

संविधान संशोधन मार्फत तराई, मधेस, पहाड र हिमालका जनतालाई अधिकार सम्पन्न बनाउन खोज्दा केही पहाडिया राष्ट्रवादीहरुले आफू विरुद्ध भ्रम फैलाएको उनले गुनासो गरे। उनले पहाडिया राष्ट्रवादीहरु को हुन् भन्ने खुलाएनन्।

धनुषाको मिथिलेश्वर मौवाहीमा सहिद चन्देश्वर मण्डलको शालिक अनावरण गर्न  बिहीबार आएका अध्यक्ष प्रचण्डले संविधान संशोधनको अन्तिम टुङ्गो छिट्टै लाग्ने र मधेशवादी दल निर्वाचनमा भाग लिने विश्वास व्यक्त गरे।

'म प्रधानमन्त्री हुँदा देश लोडसेडिङबाट मुक्त भयो, आर्थिक वृद्धिदर परिकल्पना समेत गर्न नसकेको गरी जनताको जीवनस्तर उकासियो, छिमेकी मुलुक भारत र चीनबीचको सम्बन्ध सुधारमा नेपाल सफल भयो, मधेसको समस्या सामाधानको बाटो खुल्यो, जुन अहिले संसदमा निर्णयार्थ पेश हुन्छ' उनले भने।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले तेस्रो चरणको निर्वाचन तोकिएकै मितिमा हुने र तराई मधेशको १ नं. पार्टी माओवादी केन्द्र बनाउन सहयोगको अपिल समेत गरे। उनले क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नयाँ शक्तिका डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारीका नेत्रबिक्रम चन्दसहितका नेताहरु माओवादी केन्द्र आउने विश्वास व्यक्त गर्दै क्रान्तिकारी शक्तिहरुबाट नै देशको परिवर्तन सम्भव भएकोले एकजुट हुन आग्रह गरे।

चन्देश्वर मण्डलको प्रसङ्गमा उनले एमालेबाट दुई पटक सांसद बनेका मण्डल एमाले छोडेर क्रान्तिको पक्षमा माओवादीमा आएर देशको लागि दिएको बलिदानीलाई जनताले सदैव सम्मान गर्ने बताए।

 तराई मधेसमा अविरल वर्षाका कारण आएको बाढीको चपेटामा परेका जिल्लाहरुको अवलोकन तथा राहत वितरणमा समेत सहभागी भएका प्रचण्डले बिहीबार धनुषाकै मिथिलेश्वर माध्यमिक विद्यालयको समेत उद्घाटन गरेका छन्।     

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Prachand ji bharat le hajur la marne dhamki ta diyo tra tapaai le gyan ko baji lagaune satta desh dubaune khel khelnu bhayo yo nirya desh ko lagi ghatak chh bichar garnu