|

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले संविधान संशोधन विधेयक पारित गराउन प्रमुख प्रतिपक्ष एमाले बाध्य हुने दावी गरेका छन्। बिहीबार काठमाडौंमा भएको कार्यक्रममा मन्त्री थापाले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पहिलो शक्ति बन्न पनि एमालेले संविधान संशोधन विधेयक पारित गराउनुको विकल्प नरहेको तर्क गरे।

उनले निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न पनि एमाले नेतृत्वमाथि संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टी भित्रैबाट चाप र दवाब सुरु भएको दावी गरे। सरकारले आगामी सोमबार संसदमा विचाराधीन संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्दैछ।

मन्त्री थापाले एमालेले साथ नदिए संविधान संशोधन विधेयक पारित नहुने पनि स्पष्ट पारे। मधेसका जनताको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि पनि सरकार संविधान संशोधन विधेयक पारित गराउन प्रतिवद्ध रहेको बताए।

'एमालेको सहयोगबिना दुई तिहाई पुर्‍याउन गाह्रो छ', उनले भने, 'दुई नम्बर प्रदेशमा पनि एमालेलाई एक नम्बर बन्ने रहर छ। मधेसलाई उपेक्षा गरेर एमाले एक नम्बर बन्दैन। त्यसैले ऊ संशोधन विधेयक पास गर्न बाध्य हुन्छ।'

थापाले आगामी असोज २ गते प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरे। उनले आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.