|

हेटौंडा : शैक्षिक हबका रुपमा परिचित ग्वालियरमा रहेको एक शैक्षिक गन्तव्यमा पुगेर नेपाली व्यवसायीले नेपालको पर्यटन उद्योग र यसको हालको अवस्थाबारे भारतीय विद्यार्थीहरुलाई जानकारी दिएका छन्। उनले नेपाल भ्रमण गर्न आग्रह समेत गरे।

भारत सरकारको स्वामित्वमा गोविन्दपुरमा रहेको भारतीय पर्यटन एवंम् यात्रा प्रबन्ध संस्थानको स्नातक तहका विद्यार्थीलाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले दुई वटा सेसनका यसबारे जानकारी गराएका हुन्।

संस्थानको निम्तोमा त्यहाँ पुगेका सुमार्गीले नेपालको पर्यटन, यात्रा र नेपालमा भूकम्पपछिको पर्यटनको अवस्थाबारे जानकारी गराएका थिए। उनले त्यहाँका विद्यार्थीलाई नेपालको पर्यटनबारे जानकारी दिँदै नेपाल भ्रमणमा विद्यार्थीलाई पठाउन संस्थानका निर्देशक डा. सुरभी दीक्षित र प्राध्यापकहरुसँग आग्रह गरेका थिए।

डा. दीक्षितले नेपालको हालको पर्यटनबारे जानकारी पाएर ज्ञान फराकिलो पार्ने प्राध्यापक र विद्यार्थीको चाहना पूरा गर्न आग्रह गर्दै सुमार्गीको स्वागत गरेका थिए। नेपाल भारतीय पर्यटकको गन्तव्य भएकोले संस्थानले सुमार्गीलाई अतिथि प्राध्यापकका रुपमा निम्तो गरेको हो।

सुमार्गीले संस्थानका प्राध्यापकहरुसँगको छलफलमा नेपाल निकै राम्रो र सुरक्षित गन्तव्य भएकोले भ्रमण गरी आफ्ना अनुभव विद्यार्थीसँग बाँड्न र नेपालको सँस्कृति नजिकबाट नियाल्ने अवसर नगुमाउन आग्रह गरे।

तत्कालीन समय डाँकाहरुको ‘चम्बलको घाँटी’ भनेर चिनिने भारतको ग्वालियरमा हाल शैक्षिक प्रतिष्ठानहरु प्रशस्त खुलेका छन्। यही बेला हेटौंडा पनि शैक्षिक गन्तव्य बन्ने तयारीमा रहेकाले त्यहाँका प्राध्यापकहरुले हेटौंडामा सफल शैक्षिक संस्था हेटौंडा एकेडेमी सञ्चालन गर्दै आएका सुमार्गीलाई निम्तो दिएका हुन् हेटौंडा एकेडेमीमा भारतका प्रशस्त विद्यार्थी अध्ययनरत् छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.