|

बाँके : बाढीपछि दुषित पानी पिएर बिरामी भएकी राप्ती–सोनारी गाउँपालिका–६, पनेरियाकी २३ वर्षिया श्यामा थापाको बिहीवार उपचारका क्रममा मृत्यु भएको छ। 
बाढी आएपछि खोकी लाग्ने, टाउको दुख्ने र ज्वरोले थला परेकी थापाको समयमा उपचार हुन नसक्दा मृत्यु भएको बुबा दिनेश कुमार थापाले बताए।

उनले उपचारका लागि बाटो नभएकोले बिहीबारमात्र नेपालगन्जस्थित भेरी अंचल अस्पतालमा उपचारका लागि ल्याएको बताए। उनले सुरुमा खोकी लागेको र पछि ज्वरो आएको बताए। 

ज्वरो विग्रेर टाइफाइड भएको चिकित्सकले भनेको थापाले जानकारी दिए। ‘अस्पताल ल्याउँदा छोरीको स्वास्थ्य अवस्था नाजुक भइसकेको थियो, डाक्टरले टाईफाइड विग्रिएको भन्ने जवाफ दिए,’ उनले भने। 

शनिबार आएको बाढीले फत्तेपुर–नेपालगन्ज हुलाकी सडक पूर्ण रुपमा भत्काएकोले बिरामीको उपचारमा समस्या भएको फत्तेपुरका समाजसेवी लवराज खरेलले बताए। उनले बाटो र यातायात सुचारु नभएकोले धेरै बिरामीलाई उपचारका लागि नेपालगन्ज ल्याउन नसकिएको बताए। 

खोलामा बेपत्ता युवकको शव फेला

खजुरास्थित किरण नालामा नुहाउने क्रममा बेपत्ता भएका यूवकको बिहीबार शव फेला परेको छ। साउन ३१ गते नेपालगन्जबाट नुहाउन भनेर मोटरसाइकलमा गएका ५ जनामध्ये नेपालगन्ज उपमहानगरपालिका–१२, बेलासपुरका रवि शाह नुहाउने क्रममा खोलामा बेपत्ता भएका थिए। 

उनको शव खजुरा गाउँपालिका–४, इन्द्रावति स्थित खोलामा फेला परेको बाँके प्रहरीले जानकारी दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.