|

बर्दिया : बाढी पीडितको अवस्था बुझ्न बिहीबार दिउँसो सदरमुकाम गुलरिया पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले बबई नदीमा स्थायी तटबन्ध निर्माण गर्ने बताएका छन्। नदी व्यवस्थापन नहुँदा वर्षेनी बाढीले ठूलो धनजनको क्षति हुने गरेको गुनासो स्थानीयले गरेपछि प्रधानमन्त्रीले स्थायी तटबन्ध निर्माण गर्ने घोषणा गरेका हुन्।

मध्य र सुदूरपश्चिमका बाढीग्रस्त जिल्लाहरुको अवलोकन, बाढीपिडीतहरुको अवस्था एवंम् राहत सामाग्री हस्तान्तरणका लागि आउने क्रममा प्रधानमन्त्री देउवा बिहीबार बर्दियाको सदरमुकाम गुलरिया पुगेका हुन्। प्रधानमन्त्रीका साथमा बर्दियाका बासिन्दा समेत रहेका सिँचाइ मन्त्री सञ्जय कुमार गौतम, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतको समेत सहभागिता थियो।

प्रधानमन्त्रीको भ्रमणका क्रममा सदरमुकाम गुलरियासहित बर्दियाको विस्तृत अवस्था, क्षतिको विवरण, उद्धार तथा राहत वितरणको प्रकृया एवम् दीर्घकालीन व्यवस्थापनको लागि आगामी चुनौतीहरुका सम्बन्धमा छलफल समेत गरियो।

प्रधानमन्त्री देउवाले बर्दियामा अब बाढीपीडितहरुका लागि उचित राहत, किसानहरुका लागि मल, बीउको व्यवस्था गर्नुपर्ने, आवास, पूर्वाधार निर्माण, नदी नियन्त्रण तथा तटीय क्षेत्रको संरक्षणमा जोड दिनुपर्ने बताए।

बबई नदीको बाढीका कारण बर्दियामा ५ जनाको मृत्यु भइसकेको छ। मृतकमध्ये एक जनाको शव पहिचान हुन बाँकी छ। बाढीबाट २ हजार १ सय ७३ घर पूर्ण र ८ हजार ९ सय ६२ घरमा आशिंक क्षति भएको छ।  बाढीकै कारण ४ हजार ३ सय ८८ घरधुरीका २४ हजार ५ सय ७५ परिवार बिस्थापित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.