|

काठमाडौं : प्रमुख ३ दलका शीर्ष नेता र निर्वाचन आयोगका आयुक्तहरुबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएकोे छलफलमा मंसिर ४ गते एकैपटक प्रदेशसभा तथा संघीय संसद्को निर्वाचन गर्ने समझदारी बनेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मंसिर ४ गते निर्वाचन गर्न प्रस्ताव गरेका थिए।

उनले पहिलो चरणमा ३१ जिल्ला र बाँकी जिल्लाहरुमा दोस्रो चरणमा निर्वाचन गर्न प्रस्ताव गरेका हुन्। बैठकपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले २–३ दिनभित्रै प्रदेशसभा तथा संघीय संसद्को चुनाव घोषणा गर्ने बताए। ‘१–२ दिनभित्रै निर्वाचन मिति घोषणा गर्न भनेका छौं । ढिलोमा ३ दिनभित्र निर्वाचन मिति घोषणा गर्नुहुन्छ होला,’ उनले भने। 

नेम्वाङले भदो ५ गतेभित्र निर्वाचन सम्बन्धी सबै कानुनहरु उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। उनले भदौ १५ गतेभित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन निर्वाचन आयोगलाई उपलब्ध गराइदिन माग गरे। निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद हिजोमात्रै सरकारले १५ दिनका लागि थपेको थियो। 

माओवादी नेता नारायणकाजी श्रेष्ठले प्रदेश र संघीय संसद्को निर्वाचनका लागि प्रत्यक्षतर्फ एउटा र समानुपातिकतर्फ अर्को मतपत्र प्रयोगमा आउने बताए। ‘प्रत्यक्षबाट निर्वाचित हुने प्रणालीको लागि एउटै मतपत्र हुनेछ। यस मतपत्रमा दुईतिर चुनाव चिन्हहरु राखिएका हुनेछन्।

एउटामा प्रदेशसभा तथा अर्कोमा संघीय संसद्का लागि मतदान गर्न सकिनेछ,’ उनले भने,‘समानुपातिक प्रणालीका लागि एउटै मतपत्रमा दुईतिर चुनाव चिन्हहरु हुनेछन्। यस मतपत्रबाट प्रदेशसभा तथा संघीय संसद्का लागि मतदान गर्न सकिनेछ,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Chunb hunu naii prdesh ko bikash huna ho neapl li bikash hunaii ho