|

जनकपुरधाम  : धनुषाको जनकपुर उप–महानगरपालिका वडा नं १ बस्ने १२ वर्षिया विविका  कुमारी साहलाई हत्या गरेको अभियोगमा पक्राउ परेका विरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको छ। 

जनकपुर उप–महानगरपालिका वडा नं. १ मा कृष्ण देव साहको घरमा कोठाभाडा लिएर बस्दै आएका रामचन्द्र महतोमाथि घरमुलीकी १२ वर्षिया छोरीलाई जबर्जस्ती बलात्कार गरेर हत्या गरेको आरोप छ। यस विषयमा प्रहरीले कर्तव्य ज्यानको मुद्दा चलाएर थप अनुसन्धान सुरु गरेको छ। 

तक विवियाकी आमा र अभियुक्त रामचन्द्रकी श्रीमती बजारमा किनमेल गर्न गएको समयमा मृतक नाबालिकाकी बहिनी  पुष्पा कुमारी साहलाई ललाई– फकाई गुट्खा र सुर्ती किनेर ल्याउन भन्दै रामचन्द्रले घरबाहिर पठाएका थिए। त्यसपछि उनले वर्ष १२ की विविका कुमारी साहलाई घरमा एक्लै भएको मौका पारी जर्बजस्तीको प्रयास गरेको प्रहरीले जनाएको छ।

बालिकाले हो–हल्ला गर्न खोजेपछि रामचन्द्रले घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। हत्यापछि बालिकाको शव कोठामा रहेको टिनको बाकसमा बन्द गरी राखिएको थियो। बालिकाका अामाबाबुले खोजतलास गर्दा समेत छोरी फेला नपरेपछि प्रहरीमा खबर गरेका थिए। प्रहरीले जेकजाँचकका क्रममा कोठामा शव भेटेपछि घटनास्थलबाटै हत्या आरोपमा महतोलाई पक्राउ गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.