|

स्पेनको बार्सिलोनामा भएको आतंकवादी हमलामा १३ जनाको मृत्यु भएको छ। हमलामा कम्तिमा ५० जना घाइते भएका छन्।

बिहीबार भएको कार हमलामा १३ को मृत्यु भएको र ५० जनाभन्दा बढी घाइते भएको स्पेनको स्वायत्त प्रदेश क्याटालोनियाका आन्तरिक मामिला मन्त्रीलाई उद्धृत गर्दै गार्डियनले जनाएको छ। बार्सिलोना स्पेनको स्वायत्त प्रदेश क्याटालोनियाको राजधानी हो।

गुडिरहेको एक भ्यान मानिसहरूको भीडभाड भएको एक सिटी सेन्टरमा छिरेर मानिसहरूलाई ठक्कर दिएको थियो। सुरुमा दुर्घटना ठानिए पनि पछि स्पेनको प्रहरीले घटना आतंकवादी हमला भएको जनाएको थियो।

सीएनएनका अनुसार घटना भएको स्थान ल्यास रामब्लास पर्यटकहरूको चाप हुने क्षेत्र हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हमलापछि क्याटालान आपतकालीन सेवाले मेट्रो रेल तथा अन्य सेवा बन्द गरेको छ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको गार्डियनले जनाएको छ। 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको निन्दा गर्दै ट्विट गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.