|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैपटक हुने भएको छ। प्राविधिक रुपमा समस्या पर्ने भन्दै प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव छुट्टाछुट्टै गर्नुपर्ने अडान राख्दै आएको निर्वाचन आयोग एकैपटक गर्न बिहीबार सहमत भएको हो। 

निर्वाचन भने दुई चरणमा हुनुपर्ने उसको प्रस्ताव छ। आयोगले पहिलो चरणको चुनाव मंसिर ४ र दोस्रो चरणका लागि मंसिर २१ गतेको मिति प्रस्ताव गरेको छ।

दलहरु र आयोगबीच भएको समझदारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा दुईवटा मात्र मतपत्र हुनेछन्। तर, छाप भने चार ठाउँमा लगाउनुपर्नेछ। प्रत्यक्ष र समानुपातिकका छुट्टाछुट्टै गरी दुईवटा मतपत्र हुनेछन्।

प्रत्यक्षतर्फको मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतदान गर्ने छुट्टाछुट्टै कोलम हुनेछन्। त्यस्तै समानुपातिकतर्फको मतपत्रमा पनि प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सिटका लागि मतदान गर्ने दुई छुट्टाछुट्टै कोलम हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.