|

दमक : पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–८ मा बिहीबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

नम्बर खुल्न नसकेको सवारी साधनको ठक्करबाट नाम थर नखुलेका अन्दाजी ६० वर्षीय एक पुरुषको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

सवारीको ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकाको पहिचान र ठक्कर दिने सवारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.