|

  • संजय रेग्मी

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले सेवा प्रवाहलाई थप सहज बनाउन अडियो नागरिक बडापत्रसहित सहायता कक्षमा विशेष सुधार गरेको छ। पर्वतका प्रहरी नायव उपरीक्षक शेखर खनालका अनुसार कार्यालयमा विभिन्न काम लिएर आउने नागरिकहरु कार्यालयबाट पाउने सेवाको विषयमा अलमलमा पर्ने गरेका कारण नागरिक बडापत्रलाई सुन्न सकिने गरी रेकर्ड गरेर चौबिसै घण्टा बजाउने व्यवस्था मिलाइएको छ।

जिल्लाका अन्य सरकारी कार्यालयहरुमा डिजिटल नागरिक बडापत्र राखिएको भए पनि गाउँबाट झरेका अशिक्षित नागरिकहरुले पढ्न नसक्ने र शिक्षित बर्गले पनि बडापत्रको किबोर्ड चलाउन नजान्ने भएका कारण जिप्रकाले अडियो बडापत्र सुरु गरेको हो। 'अडियोमा बज्ने भएपछि जो पनि यो कार्यालयमा छिर्छ बडापत्र नसुनी सुख नै छैन। पढ्न नजान्नेहरुका लागि पनि उत्तम भयो,' खनालले भने, 'कुनै पनि बिषयमा प्रहरीसंग सम्पर्क गर्नु परेमा यहाँका प्रहरी अधिकारीहरुको फोन नम्बर पनि चौबिसै घण्टा बजिरहन्छ।'

यसका साथै अब कुनै नागरिक सेवा लिनका लागि गेटमा प्रवेश गरेपछि ड्यूटीमा रहेका प्रहरीले सहायता कक्षमा लगेर आवश्यक सबै कुरा बुझेर सम्बन्धित फाँटमा पठाउने प्रनाउ खनालले  जानकारी दिए। 'कार्यालयबाट सेवा लिएर फर्किने बेलामा हरेक सेवाग्राहीले एउटा फाराम भर्न अनिवार्य गरिएको छ, जसमा कार्यालयले सेवा प्रवाह गर्दा गरेका राम्रा/नराम्रा सबै काम उल्लेख गर्नुपर्छ,' उनले भने, 'सेवा दिँदा कुनै प्रहरीले गलत मनसाय राखेको रहेछ भने सोही कम्प्लेनको आधारमा तत्कालै कारबाहीको प्रक्रिया अगाडि बढ्छ।'

सहायता कक्षमा महिल र पुरुषका लागि छुट्टाछुट्टै डेस्क राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.