|

ओखलढुंगा : २५ साउनदेखि परेको अविरल वर्षाका कारण पुर्वी पहाडको ओखलढुंगा जिल्ला विद्युतविहीन भएको छ। विद्युत् प्राधिकरणको कार्यालय शाखाका अनुसार सिरहाको लाहनदेखि गाईघाट खण्डमा रहेको टावरमा समस्या आउँदा ओखलढुंगा लगायतका पूर्वी पहाडका जिल्ला विद्युतविहीन भएका हुन्।

विद्युत् प्राधिकरण ओखलढुंगाका प्रमुख सञ्जित साहले भने, ‘लाहान गाईघाट खण्डमा रहेका विद्युत् पोलमा आएको समस्याका कारण २७ गतेदेखि एक्कासि समस्या आएपछि ओखलढुंगालगायत खोटाङ र उदयपुर पनि अन्धकार भएको छ। पानी रोकिए पनि त्रियुगा खोलामा बाढी नघटेकाले टावर मर्मतमा समस्या भएको छ, सम्बन्धित स्थानमा मर्मतका लागि टोली पुगे पनि बाढीका कारण दिएको काम गर्न दिएको छैन।’राष्ट्रिय विद्युत् प्रसारणको लाइन सिरहाको लाहान, कदमाहा, गाईघाट हुँदै खोटाङबाट ओखलढुंगासम्म आएकोे छ।

केन्द्रीय प्रसाण लाइन बन्द भएपछि अन्धकार रहेको ओखलढुंगा सदरमुकाममा  स्थानीयस्तरमा भएको विद्युतलाई समय मिलाई वितरण गर्न जिल्लामा रहेका क्रियाशील पत्रकारहरुले विद्युत् प्राधिकरणमा मागराखी ज्ञापन पत्र बुझाएपछि भने दैनिक २ घन्टा ठोट्ने खोलाबाट उत्पादित विद्युत्  वितरण गरिएको छ। दैनिक २ घन्टा विद्युत् आपूर्ति हुँदा मोबाइल चार्ज र ल्यापटप चार्ज गर्न सहज भएको स्थानीय सञ्चारकर्मी दानुरी शेर्पाको भनाइ छ। 

रेडियो प्रसाण बन्द

२७ साउन रातीदेखि विद्युत् आपूर्ति बन्द हुँदा ओखलढुंगाबाट प्रकाशित हुँदै आएका साप्ताहिक पत्र पत्रिका, र यहाँ सञ्‍चालित एफएम रेडियोसमेत बन्द भएका छन्। विद्युत् र इन्टरनेट सुविधा नहुँदा जिल्लाबाट सञ्चालित अनलाइन पत्रिकासमेत प्रभावित बनेका छन्। नेपाल विद्युत् प्राधिकरण ओखलढुंगाका अनुसार बाढी आइरहेको स्थानबाट ३ गते शनिबार साँझसम्म विद्युत् सुचारु हुने सूचना आएको भए पनि अझै दुई÷तीन दिनसम्म विद्युत आउने सम्भावना छ।

ओखलढुंगाबाट सञ्चालित ४ वटै एफएम रेडियो विद्युत् अवरुद्धपछि पूर्ण रुपमा बन्द भएका छन्। जिल्ला सदरमुकाम ओखलढुंगामा आंसिक रुपमा पानी रोकिएको भए पनि दिनभरि कुइरो (हुस्सु) लागेपछि सोलारले पनि काम नगरेको कारण रेडियो बन्द गर्नुपरेको सहयात्री सामुदायिक रेडियो ९४.२ मेगाहर्जका प्रबन्धक जीवन शर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.