|

काठमाडौं : नवनियुक्त महान्यायाधीवक्ता वसन्तराम भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भण्डारीले राष्ट्रपति भवनमा शुक्रबार आयोजित विशेष समारोहका बीच शपथग्रहण गरेका हुन्।

भण्डारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।

समारोहमा राष्ट्रपति र प्रधानन्यायाधीशका अलावा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक निकायका प्रमुखज्यूहरु, नेपाल सरकारका मुख्य सचिवलगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो।

भण्डारी झण्डै चार दशकदेखि कानुन व्यवसायीका रुपमा न्यायसेवामा क्रियाशील छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.