|

चितवन : भारतबाट उद्धार गरेर ल्याइएको दुर्लभ एकसिंगे गैंडालाई शुक्रबार चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएको छ। केहीदिन अघि आएको बाढीले बगाएर भारतको ग्रामिण बस्तीमा पुर्‍याएको गैंडालाई उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जको पूर्वीसेक्टर कार्यालय नजिकैबाट शुक्रबार निकुञ्जमा छाडिएको हो। 

अन्दाजी साँढे २ वर्षको जस्तो देखिने पोथी गैंडालाई बाढीले नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणपूर्वमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारेर ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

भर्खरै माउबाट छुट्टीएको गैँडा रहेको निकुञ्जले जनाएको छ। भारतको गाउँको घनाबस्तीको बीचमा रहेको उखुबारीमा गैंडा फेला परेको थियो। यससँगै पाँच वटा गैंडा यसरी बगाएको पाइएपछि अति जोखिममा रहेकाले उक्त गैंडालाई उद्धार गरिएको निकुञ्जको भनाइ छ।

गैंडालाई डाट गरेर बेहोस बनाइ बिहीबार साँझ भारतबाट ट्रकमा राखेर ल्याइएका निकुञ्जका पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिए। उनका अनुसार अन्य क्षेत्रमा पनि वन्यजन्तुमा परेको असरबारे निकुञ्जले अध्ययन अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.