|

विराटनगर : विराटनगर–१२ कि आशादेवी सहनीको पेशा माछा किन्ने र बेच्ने थियो। उनी प्रायजसो भारतबाट माछा किन्ने र नेपालमा बेच्ने गर्थिन्। तर, बाढी र डुबानबाट उनी समस्यामा परेकी छन्। भारतबाट किनेर नेपाल ल्याएको १० लाख बराबरको माछा एकैरातमा सखाप भएको छ डुबानका कारण।

त्यही कारण आशादेवीको माछा बेचेरै आम्दानी गर्ने आश अब हराएको छ। वर्षौंदेखि माछा बेचर कमाएको पैसा एकै रातमा सकिएको छ। अब के गर्ने उनी दोधारमा छिन्। ‘जग्गा बैंकमा राखेर माछा पसल सुरु गरेको थिएँ,’ उनले भनिन्,’ ‘वर्षासँगै आएको बाढीले मलाई ऋणमा ढुबायो, बैंकको ऋण कसरी तिर्नु समस्यामा परेको छु।’

‘वर्षाको पानी पस्दा एकै रातमा १० लाखको सिद्राहा माछा नष्ट भयो,’ पानीले डुबाएर मरेको माछा देखाउँदै सहनीले भनिन्, ‘विराटनगरमा ४० क्वीन्टल र इटहरीमा १० क्वीन्टल माछा एकैपटक मरे।’ मरेको माछा पसल नजिकै खाल्डा खनेर नष्ट गर्ने तयारीमा आशादेवी रहेकी छन्। बाढी आउनु भन्दा एक दिन अगाडि भारतबाट माछा खरिद गरेर ल्याएको उनले बताइन्। उनका अनुसार सिद्राहा माछा बजारमा प्रतिकिलो २ सयदेखि ३ सय रुपैयाँमा बिक्री हुँदै आएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.