|

विराटनगर : तीन दिनसम्म परेको अविरल वर्षासँगै आएको बाढीका कारण अवरुद्ध भएको विराटनगर विमानस्थल एक हप्तापछि शनिबारदेखि सुरु हुने भएको छ। वर्षासँगै आएको बाढीले विराटनगर विमानस्थलमा एक फिट हिलो जम्मा भएको थियो। काठमाडौंबाट आएको सेनाको स्पेसल टाक्स फोर्स, इटहरी, हिले र विराटनगर विमानस्थलमा रहेको सेनाको टोलीले रनवेमा बाढीले बगाएर ल्याएको माटोको लेदो सफा गरेपछि विमानस्थल सुचारु हुने भएको हो।

नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रवक्ता सन्तोष ढकालले शुक्रबार बिहान बसेको प्राधिकरणको सबै विभागको बैठकले शनिबारदेखि विमान उडाउन विमास्थल तयार हुने निष्कर्ष निकालेको बताए। मोरङको बूढीगंगा गाउँपालिकास्थित केसलिया खोलाले सिँचाइको बाँध भत्काएर विराटनगरमा छिरेको पानीले विमानस्थल पनि जलमग्न भएको थियो।

पानी र हिलोका कारण विमानस्थलको रनवे, ट्याक्सीवे, टर्मिनल भवन र सुरक्षा निकायको ब्यारेकमा तीनदेखि चार फिटसम्म पानी जमेको थियो । काठमाण्डौंपछि जहाज बढी उडान र अवतरण हुने विराटनगर विमानस्थल बाढीका कारण अबरुद्ध हटेलगत्तै काठमाडौं आवतजावतमा सहज हुने भएको छ ।

धुर्मुसले एयरपोर्टको हिलो उठाए

हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले पनि विराटनगर विमानस्थल सरसफाइमा सहभागीता जनाएका छन्। शुक्रबार बिहान ११ बजे विराटनगर विमानस्थल पुगेका कट्टेलले झण्डै आधा घण्टा नेपाली सेनासँग विमानस्थलको हिलो पन्छाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.