|

काठमाडौं : नयाँ शक्ति नेपालका देवेन्द्र पौडेलसहित १५ जना नेताहरुले पार्टीभित्र बिद्रोह गरी अग्रगामी शक्तिहरुबीच ध्रुवीकरण गर्न भन्दै बृहत ध्रुवीकरण संयोजन समिति गठन गरेका छन्।

भदौ १ गते बसेको उनीहरुको भेलाले नयाँ शक्ति नेपालको कार्यदिशा नै प्रष्ट नभएको भन्दै ध्रुवीकरण संयोजन समिति गठन गरी निकट भविश्यमा नै राष्ट्रिय भेला आयोजना गर्ने बताएका छन्। '‍...निकट भविश्यमा राष्ट्रिय भेलाको आयोजना गरी नयाँ शक्ति पार्टी नेपालको राजनैतिक कार्यदिशा सहितको प्रतिवेदन घोषणापत्र जारी गरिने प्रतिवद्धता यस प्रेस विज्ञप्तिद्वारा जानकारी गराइन्छ' पौडेलसहित १५ जनाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

पौडेल, वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासमान, मुक्ति प्रधान,पासाङ शेर्पा, सुशीला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अन्सारी, हरि चौलागाईं, शर्मिली तामाङ, रत्ना राना र रवीन्द्र सुनुवारले नयाँ शक्तिभित्रै विद्रोह गरी बृहत ध्रुवीकरण संयोजन समिति गठन गरेका हुन्।

पौडेलसहितका नेताले साउन २६ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ एकता र धुव्रीकरणका लागि आह्वान गरेका थिए। नयाँ शक्ति पार्टी विचारविहीन बनेको आरोप लगाउँदै उनीहरूले भनेका छन्- 'माओवादीमा लामो जीवनकालको संघर्ष र त्यसबाट प्राप्त उपलब्धीलाई हेर्दा नैतिकताले पनि उल्लेखित विचारविहीन सिद्धान्तप्रतिको व्यंग्य स्वीकार गर्न सकिएन।'

उनीहरुले शुक्रबार जारी गरेको विज्ञप्तिमा पनि नयाँ शक्तिभित्र बिद्रोह गर्नुमा कार्यदिशा प्रष्ट नहुनुलाई नै मुख्य विषय बनाएका छन्। पौडेलसहितका १५ जनाले पत्रकार सम्मेलन गरेपछि नयाँ शक्ति नेपालले उनीहरुसँग स्पष्टिकरण सोधेको थियो। स्पष्टीकरणको जवाफ दिँदै उनीहरुले बाबुराम भट्टराईले आफूहरुको हैसियत नबुझेको टिप्पणी गरेका थिए। 

हेर्नुस् विज्ञप्ति

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.